२० श्रावण, काठमाडाैं । नेपाली काँग्रेसका नेता नैनसिंह महरले आगामी १५ औँ महाधिवेशनलाई निष्पक्ष र विवादरहित बनाउन पार्टीभित्र विशेष कार्यसम्पादन संयन्त्र निर्माण गर्नुपर्ने प्रश्ताव अघि सार्नुभएको छ ।
बुधवार काठमाडौंमा आयोजित ‘देश र काँग्रेस जोड्ने अभियानः एकता र सद्भाव विमर्श’ कार्यक्रममा बोल्दै नेता महरले यस्तो बताउनुभएको हो । पार्टीभित्र कसैलाई निष्कासन गरेको वा कसैले पार्टी छाडेको जस्ता आरोप नलाग्ने गरी आगामी महाधिवेशनमा सबैको सहभागिता सुनिश्चित गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । विगतमा विशेष महाधिवेशनका लागि ४० प्रतिशत हस्ताक्षर सङ्कलन भएपनि त्यसले मूर्तरूप लिन नसकेको र निर्वाचन आयोग एवं अदालतको निर्णयपश्चात अब निर्धारित महाधिवेशनकै तयारीमा जुट्नुपर्ने उहाँको भनाइ छ । नेता महरले पार्टीका महत्वपूर्ण उपसमितिहरू जस्तै सदस्यता छनोट, निर्वाचन र अनुशासन समितिमा सबै पक्षको न्यायोचित सहभागिता र सर्वसम्मत निर्णय हुनुपर्ने बताउनु भयो । महाधिवेशनलाई पारदर्शी बनाउन पार्टी सभापतिको अध्यक्षतामा १५ सदस्यीय संयन्त्र निर्माण गरी कार्यसम्पादन गर्न सकिने उहाँले विकल्प प्रश्तुत गर्नुभयो । उक्त प्रश्तावित संयन्त्रमा सभापति पक्षको बहुमत रहने र निवर्तमान पदाधिकारीहरूलाई समेत समेटेर महाधिवेशन केन्द्रित विशेष जिम्मेवारी दिन सकिने उहाँको तर्क छ ।
उहाँले भन्नुभयो, ‘पार्टी विभाजन वा निष्कासनजस्ता अवस्था दोहोरिन नदिई १५ औँ महाधिवेशनमा सबै पक्षको सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिइएको छ । पार्टी एकता कायम राख्ने प्रयास सफल भए सबैले साथ दिने प्रतिबद्धता पनि व्यक्त गरिएको छ । विशेष महाधिवेशनका लागि आवश्यक हस्ताक्षर पुगे पनि कानुनी र प्रक्रियागत कारणले त्यसतर्फ अघि बढ्न नसकिएको उल्लेख गर्दै अब चार महिनापछि हुने महाधिवेशनलाई निष्पक्ष र सर्वसम्मत ढंगले सम्पन्न गर्नुपर्ने धारणा राखिएको छ । महाधिवेशनका लागि सदस्यता छनोट समिति, निर्वाचन समिति र अनुशासन समितिजस्ता संरचनामा सबै पक्षको सहभागिता सुनिश्चित गर्नुपर्ने तथा अनावश्यक विवादभन्दा सहमतिमा जोड दिनुपर्ने बताइएको छ । यसैक्रममा पार्टी सभापतिको अध्यक्षतामा सबै पक्षको प्रतिनिधित्व हुने संयन्त्र गठन गरी महाधिवेशनसम्बन्धी आवश्यक तयारी र कार्यहरू निष्पक्ष रूपमा अघि बढाउने विषयमा पनि छलफल भइरहेको जानकारी दिइएको छ ।’
पार्टी एकता र मिलानका लागि भइरहेका प्रयासहरूमा आफ्नो पूर्ण समर्थन रहने प्रतिवद्धता जनाउँदै महरले विगत तीन महिनादेखि भइरहेका एकताका पहलहरूबारे आफू जानकार रहेको उल्लेख गर्नुभयो । आगामी केही महिनाभित्रै महाधिवेशनको प्रक्रिया शुरु हुने भएकाले अब अनावश्यक आन्तरिक विवादमा नअल्झी पार्टीलाई बलियो बनाउनुपर्नेमा उहाँको विशेष जोड छ । –न्युज एजेन्सी नेपाल
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar