|  

सुनसरी र सिराहामा मृत्यु भएकाको परिवारलाई सरकारले क्षतिपूर्ति दिने

२१ श्रावण, काठमाडौं ।  सरकारले सुनसरी र सिराहामा भएको हिंसात्मक घटनामा ज्यान गुमाएकाका परिवारलाई क्षतिपूर्ति र राहत उपलब्ध गराउने तथा घाइतेहरूको उपचारको सम्पूर्ण खर्च बेहोर्ने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले मृतकका परिवारलाई राहत र क्षतिपूर्ति दिने निर्णय गरेको हो। यद्यपि, उपलब्ध गराइने क्षतिपूर्ति रकम भने अझै निर्धारण गरिएको छैन।

सुनसरीको देवानगन्ज–३, कप्तानगन्जमा गत साउन १० गते भएको घटनामा प्रहरीको गोली लागेर ओमप्रकाश मेहता, जयप्रकाश मेहता, रवीन्द्रकुमार मेहता तथा सिराहाका १५ वर्षीय गणेश यादवको मृत्यु भएको थियो।