|  

ललितपुरको ग्वार्कोमा बस दुर्घटना हुँदा १ जनाको मृ#त्यु,  १० जना घाइते

२१ श्रावण, काठमाडौं । ललितपुरको ग्वार्कोमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

कोटेश्वरबाट सातदोबाटोतर्फ जाँदै गरेको  बा.२ ख ३५९० नम्बरको बस बिहीबार बिहान ग्वार्कोस्थित पुलको पर्खालमा ठोक्किएको हो ।

दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ ।  दुर्घटनामा परेर १० जना घाइते भएका छन् । उनीहरूलाई बीएण्डबी अस्पतालमा पठाइएको छ ।