|  

तोलामा आठ हजारले बढ्यो सुन, आज कतिमा हुँदैछ कारोबार ? 

२१ श्रावण, काठमाडौं ।  साताको कारोबारको पाचौं दिन आज (बिहीबार) सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा आठ हजार रुपैयाँले बढेको हो ।

जस अनुसार आज छापावाला सुन नेपाली बजारमा प्रतितोला दुई लाख ९६ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यता चाँदीको पनि तोलामा ९५ रुपैयाँले बढेर प्रतितोला चार हजार ५७० रुपैयाँमा कारोबार भइरहेको छ ।