२१ श्रावण, काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोषिमा कार्कीले स्वास्थ्य क्षेत्रमा कार्यरत जनशक्तिको समस्या समाधान र उनीहरूको वृत्तिविकासका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।
बिहीवार बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै सांसद कार्कीले विशेषगरी आवासीय (इन्टर्न) चिकित्सकहरूको श्रम शोषण र न्युन सेवा-सुविधाको विषयमा सरकारको आलोचना गरे । बैठकमा बोल्दै डा. कार्कीले वर्षौंदेखि जनशक्ति अभावको रटान लगाइए पनि ग्रामीण क्षेत्रमा चिकित्सक पु¥याउने ठोस रणनीतिमा सरकार चुकिरहेको बताए । संघीय सरकारले मात्र चाहेर स्वास्थ्य क्षेत्रको सुधार सम्भव नभएको उल्लेख गर्दै उहाँले तीनै तहका सरकारबीच समन्वय हुनुपर्नेमा जोड दिए । विशेषगरी प्रदेश मातहतका जिल्ला अस्पताल र आधारभूत अस्पतालहरूको अवस्था अत्यन्तै नाजुक रहेको उनको भनाइ छ ।
एकातर्फ सरकारले स्वास्थ्यकर्मीलाई प्रोत्साहन गर्ने दाबी गर्ने तर अर्कोतर्फ चिकित्सकहरू आमरण अनसन बस्नुपर्ने परिस्थिति सिर्जना हुनु स्वास्थ्य क्षेत्रकै लागि विडम्बनापूर्ण रहेको उनले बताए । सांसद कार्कीले शिक्षा मन्त्रालयद्वारा गठित कार्यदलले ८० दिनअघि नै प्रतिवेदन बुझाइसकेको भएपनि त्यसको कार्यान्वयन नभएकोमा आपत्ति जनाए । उक्त प्रतिवेदनले इन्टर्न चिकित्सकहरूलाई आठौँ तहका चिकित्सकले पाउने निर्वाह भत्ताको ५० प्रतिशत रकम उपलब्ध गराउन स्पष्ट सिफारिस गरेको जानकारी दिँदै उनले सो सिफारिस तत्काल कार्यान्वयन गर्न माग गरे । कार्कीले भने,‘आफ्नो करियरको शुरुवाती चरणमा रहेका चिकित्सकहरू पर्याप्त निर्वाह भत्ता, तोकिएको ड्युटी आवर र न्युनतम आधारभुत आवश्यकताबाट समेत वञ्चित हुनुपर्ने अवस्थाले समग्र स्वास्थ्य क्षेत्रलाई नै गिज्याइरहेको छ । भोक र निद्रा नभनी सेवामा खटिनुपर्दा उनीहरूको सिकाइ र कार्यक्षमतामा समेत गम्भीर असर परिरहेको छ ।’
सरकारले कार्यदल गठन गर्ने तर त्यसको सुझावलाई कार्यान्वयनमा नलैजाँदा स्वास्थ्यकर्मीहरू मर्कामा परेको भन्दै उनले यस्ता संवेदनशील विषयमा गम्भीर बन्न मन्त्रालय र सरोकारवाला निकायलाई आग्रह गरे ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar