|  

ककरोच जनता पार्टीले सेप्टेम्बरदेखि भारतव्यापी अभियान सुरु गर्ने

२२ श्रावण, काठमाडाैं ।   भारतका युवाहरूको नेतृत्वमा रहेको ककरोच जनता पार्टीले सेप्टेम्बर १ देखि ‘क्या बोलती पब्लिक’ नामको राष्ट्रव्यापी अभियान सुरु गर्ने घोषणा गरेको छ ।

सो पार्टीले देशभरका नागरिकसँग प्रत्यक्ष संवाद गर्दै उनीहरूका सुझाव, अपेक्षा र समस्याहरू संकलन गर्ने जनाएको छ ।

दिल्लीमा भएको ठूलो विरोध प्रदर्शनको एक महिनाभित्रै घोषणा गरिएको यो अभियान नागरिक–सञ्चालित ‘युवा सुधार बडापत्र’  तयार पार्ने उद्देश्यले सञ्चालन गर्न लागिएको बताइएको छ ।

पार्टीले बडापत्र तयार गर्नुअघि देशभरका युवाहरू र सर्वसाधारणको आवाज सुन्ने अभियान चलाइने बताएको छ ।

अभियानअन्तर्गत ककरोच जनता पार्टीका शीर्ष नेताहरू सेप्टेम्बर १ देखि भारतका विभिन्न राज्य र सहरको भ्रमण गर्दै सर्वसाधारणसँग प्रत्यक्ष भेटघाट गर्ने बताइएको छ ।