|  

जनता भात पकाउने ग्याँसका लागि लाइन बसेको दृश्यले मलाई साच्चिकै लाज लाग्योः रमेश प्रसाईं

२२ श्रावण, काठमाडाैं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रमेश प्रसाईंले चुनावका बेला आफूहरूले नो लाइन, अनलाइन भनेर गरेको भाषण सम्झिएका छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, ‘कहिलेकाहीँ म कन्फ्युज हुन्छु । मेरै गालामा मेरै चड्कन । मैले चुनावताका गरेका भाषणहरू सम्झिँदा जहाँ हामीले सरकारी कार्यालयहरूमा नो लाइन, रास्वपाको पालामा वान्ली अनलाइन भनेर आफैँले गरेको भाषण सम्झिँदा।’

अनि पूरानो भाषण सम्झिँदा लाज लागेको बताए । ‘आज जनता भात पकाउने ग्याँसका लागि दिनभर, रातभरि, मध्यरातसम्म लाइन बसेको दृश्यले मलाई साच्चिकै लाज लागेको छ’ उनले भने ।