|  

देउवा स्वदेश फर्किँदा धरपकड भए विरोधमा उत्रिन्छौंः शशांक कोइराला

२२ श्रावण, काठमाडाैं । नेपाली कांग्रेस संस्थापन इतर समूहको नेता डा.शशांक कोइरालाले साउन २९ गतेदेखि आयोजना गरिएको भेलालाई निवर्तमान सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने बताएका छन्।

शुक्रबार इतर समूहले आयोजना गरेको पत्रकार सम्मेलनमा कोइरालाले राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने तय भएको जानकारी दिएका हुन् ।

उपचारका लागि भन्दै सिंगापुर गएका देउवा साउन २६ गते राति काठमाडौं आउँदैछन् । पत्रकारले सोधेको एक प्रश्नको जवाफमा कोइरालाले देउवा माथि धरपकड प्रयास भए विरोधमा उत्रिने बताए ।

‘जहाँसम्म सरकारले धरपकड गर्दैन, यदि त्यसो गर्‍यो भने हामी विरोधमा उत्रिन्छौं,’ कोइरालाले भने ।