२२ श्रावण, काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद रचना खतिवडाले जेन–जी आन्दोलनका शहीदका परिवार र घाइतेसँग भएको सहमति तत्काल कार्यान्वयन गर्न माग गर्नुभएको छ ।
प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै उहाँले यस्तो माग गर्नुभएको हो । उहाँले सरकारले शहीदका परिवार र घाइतेसँग एक महिनाभित्र पूरा गर्नेगरी २३ बुँदे सहमतिको एक महिना चार दिन पुग्दा समेत कार्यान्वयन हुन नसकेको भन्दै आपत्ति जनाउनु भयो । उहाँले राज्यले गरेको वाचा पूरा नगर्दा पीडितको पीडा थप बढ्दै गएको बताउनु भयो । उहाँले अबको एक महिनाभित्र उक्त सहमतिको लागि कार्ययोजना, बजेट र समयतालिका सार्वजनिक गर्न सरकारसँग माग गर्नुभयो । उहाँले घाइते र शहीद परिवारका लागि एकद्वार सेवा तुरुन्त सुचारु गर्न तथा घाइते तथा शहीदका परिवारलाई एउटै कामका लागि धेरै कार्यालय धाउन नपर्ने वातावरण निर्माण गर्न समेत सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले भन्नुभयो, ‘शहीद र घाइते परिवारसँग एक महिना अगाडि एक महिनाभित्र पूरा गर्छौँ भनेर गरिएको २३ बुँदे सहमति स्मरण गराउन चाहन्छु । राज्यले गरेको वाचा पूरा नहुँदा पीडितको पीडा झन बढ्दै गइरहेको छ । ३० दिन भित्र २३ बुँदे सहमति कार्यान्वयन कार्ययोजना, बजेट र समयतालिका सार्वजनिक गरियोस्, घाइते र शहीद परिवारका लागि एकद्वार सेवा तुरुन्त सुचारु गरियोस् । काम प्रगति निरन्तर रुपमा सदन र पीडित परिवारलाई जानकारी गराइयोस् । घाइते र शहीदका परिवारलाई एउटै कामका लागि धेरै कार्यालय धाउन नपरोस् । शहीद परिवारले आफ्नो सन्तान, परिवार र जीवन साथि गुमाएका छन् । उनीहरुलाई भाषणको सहानुभूति होइन व्यवहारिक न्याय र सम्मान चाहिएको छ ।’
उहाँले पीडितलाई भाषणको सहानुभूति नभई व्यवहारिक न्याय र सम्मान चाहिएको जिकिर गर्नुभयो । –न्युज एजेन्सी नेपाल
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar