|  

एमाले सांसदले पारिवारिक सदस्य स्वकीय राख्न नपाउने !

२२ श्रावण, काठमाडाैं ।  नेकपा (एमाले)का सांसदहरूले परिवारका कुनै पनि सदस्यहरूलाई स्वकीयका रूपमा राख्न नपाउने भएका छन् ।

एमाले संसदीय दलको बैठकले शुक्रबार पारित गरेको स्वकीय सुविधासम्बन्धी मापदण्ड र कार्यविधिमा सांसदहरूले राख्ने स्वकीय परिवारका सदस्यबाहेकको व्यक्ति हुनुपर्ने उल्लेख छ ।

यसअघि सांसदहरूले परिवारका सदस्यहरूलाई स्वकीय राखेको भन्दै जनस्तरबाट आलोचना हुँदै आएको थियो ।