|  

जेनजी प्रदर्शनका क्रममा जघन्य अपराधमा जोडिएका आरोपीलाई उन्मुक्ति हुँदैनः प्रहरी

२२ श्रावण, काठमाडाैं । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा भएको जघन्य अपराधका आरोपीलाई कुनै पनि हालतमा उन्मुक्ति नदिइने जनाएको छ ।

शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार भेटघाटका क्रममा  प्रहरी प्रवक्ता डीआईजी अभिनारायण काफ्लेले सरकारले पनि त्यस्ता आरोपीलाई छुट दिन कुनै निर्देशन नदिएको स्पष्ट पारे।