|  

सांसदलाई संसदमा उपस्थित गराउन कडाइ गर्दै रास्वपा

काठमाडौँ ।  रास्वपाले संसदमा आफ्ना सांसदको उपस्थिति कमजोर भएको ठहर गर्दै कडाइ गर्ने भएको छ।

संसदमा दुई कम दुई तिहाइ बहुमत भएको रास्वपाका सांसदहरुले नै बैठकलाई ध्यान नदिएको पाइएपछि मुख्यसचेतक कविन्द्र बुर्लाकोटीले हाजिरी विश्लेषण गर्न लागिएको जानकारी दिए।

बुर्लाकोटीले पछिल्लो दिनमा संसदमा रास्वपाका सांसदहरुको अपेक्षित उपस्थिति नभएको, बैठकमा सुरुमा उपस्थित भए पनि बीचमा संसद छोडेर जाने क्रम बढेको जनाए।

जसका कारण संसदको गरिमा कमजोर हुँदै जाने देखिएको जनाउँदै रास्वपाले असार ३० र ३१ गते अनि साउन १४, १८ र २२ गतेको हाजिरी विश्लेषण गरी प्रतिवेदन पेश गर्न संसदीय दलका सचेतक प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई जिम्मेवारी दिइएको छ।