|  

देशभर मनसुनी वायुको प्रभाव, आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

२३ श्रावण, काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर सामान्य बदली रहनेछ भने कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना छ ।

कोशी र बागमतीका पहाडी तथा हिमाली क्षेत्रमा एक / दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। राति पनि हिमाली तथा पहाडी क्षेत्रमा वर्षा र हिमपात हुनसक्ने छ।

राति कोशी, बागमती, गण्डकी, लुम्बिनी, मधेस र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । कर्णाली प्रदेशका पहाडी भागका एक / दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।