|  

रास्वपा सांसद झाले भनेः सरकारले कालो चश्मा पनि हटाउनुपर्छ, राज्य प्रणालीमा ढंग पुगेको छैन

२३ श्रावण, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले सरकार सञ्चालनको शैलीमा सुधार आवश्यक रहेको बताएका छन् ।

राज्य प्रणालीलाई जनतामैत्री बनाउन सरकार अझ जिम्मेवार र संवेदनशील हुनुपर्ने उनको भनाइ छ।शुक्रबार प्रतिनिधिसभामा बोल्दै सांसद झाले सरकार सञ्चालनमा कताकता ढंग नपुगेको जस्तो देखिएको टिप्पणी गरे।

‘सरकार सञ्चालन गर्न कता–कता ढंग पुगेको छैन जस्तो छ। यदि ढंग छैन भने त्यो सिक्नुपर्छ,’उनले भने, ‘राज्य प्रणालीमा अझै ढंग पुर्‍याउनुपर्छ।’

प्रधानमन्त्री बालेन्द्र शाहलाई लक्षित गर्दै उनले भने, ‘हाम्रो सवारीको कालो सिसाको स्टिकर त हटायौं, सम्भवतः कालो चश्मा पनि हटाउनुपर्छ। त्यो पनि आवश्यक छ।’