|  

रुग्ण उद्योग र संस्थानहरू सुधारको बाटोमा फर्किएको प्रधानमन्त्री बालेनको दाबी

२३ श्रावण, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले लामो समयदेखि घाटामा रहेका र बन्द अवस्थामा पुगेका सरकारी उद्योग तथा संस्थानहरू सुधारको बाटोमा फर्किएको दाबी गरेका छन् ।

सामाजिक सञ्जालमार्फत अपडेट सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले नियत सफा र टोली कार्य (टिमवर्क) इमानदार भए चुनौतीपूर्ण परिस्थितिमा पनि सुधार सम्भव रहेको बताएका छन् ।

साहले नियत सफा भए चुनौतीपूर्ण परिस्थितिमा पनि सुधार सम्भव रहेको उल्लेख गर्दै विभिन्न पाँचवटा संस्थानमा देखिएका सकारात्मक नतिजाहरू सार्वजनिक गरेका छन् ।