|  

सहकारीले बहालमा लिएको फ्ल्याट खाली गर्न १५ दिने अल्टिमेटम

२३ श्रावण, काठमाडौं । काठमाडौँ महानगरपालिका, कानुन तथा मानव अधिकार विभागले सन्ध्या बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बहालमा लिइएको फ्ल्याट खाली गर्न सूचना जारी गरेको छ।

न्यायिक समितिबाट भएका निर्णयहरूमध्ये सहकारी संघ संस्थाले बहालमा लिएका घर, कोठा र फ्ल्याट खाली गराउने सम्बन्धमा गत साउन १६ गते निर्णय कार्यान्वयन समितिको बैठक बसेको थियो।

उक्त बैठकको निर्णय अनुसार महानगरपालिकाले यो सार्वजनिक सूचना प्रकाशन गरेको हो।

765928105_3504328563064406_2154949386010419870_n