|  

गोलबजारमा गोली लागेर मृत्यु भएका गणेशको परिवारलाई मधेश सरकारले घर बनाइदिने

२३ श्रावण, काठमाडौं । सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा गोली लागेर मृत्यु भएका गणेश यादवको परिवारलाई मधेश प्रदेश सरकारले पक्की घर निर्माण गरिदिने भएको छ ।

शुक्रबार शिक्षा तथा संस्कृतिमन्त्री मनोजकुमार सिंह र मृतक परिवारबीच भएको सहमतिअनुसार यादवको परिवारका लागि दुई कोठा, किचन र शौचालयसहितको घर निर्माण गरिनेछ ।

सुनसरीको देवानगञ्ज घटनाको विरोधमा साउन १४ गते भएको प्रदर्शनका क्रममा गोली लागेर यादवको मृत्यु भएको थियो।