|  

कांग्रेसको झोले हुँ भनेर छाती पिट्न सक्ने गर्विलो पार्टी बनाउँछौँ–गगन थापा

२३ श्रावण, काठमाडौं ।  नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको आत्मा र आदर्श नमर्ने गरी कांग्रेसलाई एकताबद्ध बनाउने बताएका छन्।

भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै थापाले विशेष महाधिवेशनबाट पारित पार्टीको विचार र आत्मालाई कायम राख्दै एकता कायम गर्ने बताए।

सर्वोच्च अदालतको पछिल्लो आदेशपछि कांग्रेस एकताका लागि संस्थापनमाथि दबाब बढिरहेका बेला उनले ‘आत्मा मारेर’ एकता सम्भव नहुने धारणा राखे।

थापाले सबैलाई गौरव लाग्ने कांग्रेस बनाउँने भन्दै कसैले कांग्रेसको झोले होस् भन्दो छाती पिटेर म कांग्रेसको झोले हुँ भन्न सक्ने गर्विलो पार्टी बनाउने दावी गरे ।