२३ श्रावण, काठमाडौं । इरानका सर्वोच्च नेता मोज्तबा खामेनीको अवस्था गम्भीर भएपछि उनलाई अस्पताल लगिएको दाबी इजरायली सञ्चारमाध्यमहरूले गरेका छन् ।
च्यानल १४ (सी–१४) लेले इरानवायर र राष्ट्रपति मसुद पेजेस्कियानको प्रशासन नजिकका स्रोतहरूलाई उद्धृत गर्दै खामेनीको अवस्था गम्भीर रहेको उल्लेख गरेको छ । जेरुसेलम पोस्टले उद्धृत गरेको एक स्रोतले भनेको छ, ‘हामी चाँडै उनको शहादतको समाचार सुनेर अचम्मित हुने छैनौँ।’
गत फेब्रुअरी २८ मा संयुक्त राज्य अमेरिका र इजरायलको संयुक्त हवाई हमलामा आफ्ना पिता तत्कालीन सर्वोच्च नेता अयातोल्लाह अली खामेनी मारिएपछि उनको जिम्मेवारी मोज्तबाले सम्हालेका हुन्। तर सर्वोच्च नेता बनेयता उनी अहिलेसम्म कुनै सार्वजनिक कार्यक्रममा देखिएका छैनन्।
उनले जहिले आफ्ना लिखित वक्तव्य अरूद्वारा सार्वजनिक गरिरहेका छन् । रिपोर्टअनुसार इजरायल–अमेरिकाले संयुक्त आक्रमण गरेको पहिलो दिन नै उनी पनि घाइते भएका थिए।
सम्भवतः अनुहारमा लागेको चोटका कारण उनी लुकेर बस्न बाध्य भएका हुन्। उनको स्थितिबारे राष्ट्रपति मसुद पेजेस्कियानले राष्ट्रिय टेलिभिजन अन्तर्वार्तामा खामेनीसँग प्रत्यक्ष अन्तरक्रिया अहिले ‘निकै कठिन’ भएको बताएका छन्।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar