|  

कपिलवस्तुका पूर्वमेयर बेपत्ताः जंगलमा मोटरसाइकल भेटियो, उनी अझै भेटिएनन्

२३ श्रावण, काठमाडौं ।  कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह सम्पर्कविहीन भएका छन् ।

उनी तिलौराकोट सामुदायिक वनमा हराएका हुन् ।शुक्रबार दिउसो सिंह चढ्ने मोटरसाइकल जंगलमा भेटिए पनि उनी अहिलेसम्म भेटिएका छैनन् ।

आफन्तलाई फोन गर्दा म हराएँ भन्दै सिंह हतासिएको आवाजमा बोलेका थिए । उनी चढ्ने लु प्र ०१०१३ नम्बरको मोटरसाइकल जंगलमा फेला परेको थियो ।

प्रहरी स्थानीय बासीसहित ठूलो संख्यामा रहेका टोलीले ढेकहरी क्षेत्रको आसपासका धेरै क्षेत्रमा खोजी कार्य गरेको थियो ।उनको फोनमा हिजोदेखि सम्पर्क हुन सकेको छैन ।