|  

प्रधानमन्त्री बालेनलाई मनिषको जवाफः म सकारको साथमा छु यहाँ कोही एक्लो छैन

२३ श्रावण, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले ‘सत्यको पक्षमा कहिलेकाहीँ एक्लै लड्नुपर्ने’ भन्दै दिएको अभिव्यक्तिप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मनिष झाले जवाफ फर्काएका छन्।

मध्यराति फेसबुकमार्फत प्रधानमन्त्री शाहलेसत्यको पक्षमा कहिलेकाहीँ एक्लै लड्नुपर्ने स्टाटस लेखेका थिए। सरकारको कार्यशैलीप्रति सत्तापक्षकै सांसदहरूले सदनमा चर्को आलोचना गरेपछि प्रधानमन्त्रीको उक्त अभिव्यक्ति आएको थियो।

त्यसको जवाफमा झाले परिवर्तनका लागि जनादेश पाएको सरकारमा कोही पनि एक्लो नभएको बताएका छन्।

उनले भनेका छन्, ‘हामी सबै साथमा छौँ। हिजो सदनमा भनेको झैँ, नियत र आशयमा शङ्का छैन तर सुधार गर्नै पर्ने केही पक्ष छन्। यो महान् ऐतिहासिक अवसर खेर नजाओस् भनेर सजग रहने र सचेत गराउने काम निरन्तर रहनेछ।’

जननिर्वाचित सरकार जनताको साथमा हुनुपर्ने उनको भनाइ छ। उनले भनेका छन्, ‘म सकारको साथमा छु। यहाँ कोही एक्लो छैन।’