|  

देउवाको स्वागतका लागि विमानस्थलमा उपस्थित हुन नेताकार्यकर्तालाई महतको आह्वान

२३ श्रावण, काठमाडौं । नेपाली कांग्रेसका पूर्वप्रवक्ता डा.प्रकाशशरण महतले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किने क्रममा स्वागतका लागि उपस्थित हुन नेता–कार्यकर्ताहरूलाई आह्वान गरेका छन् ।

काठमाडौंको बसुन्धारामा शनिबार नुवाकोट–१ का अगुवा कार्यकर्ताहरूको भेलालाई सम्बोधन गर्दै उनले देउवाको स्वागतका लागि त्रिभुवन विमानस्थलमा उपस्थित हुन नेता–कार्यकर्ताहरूलाई आह्वान गरेका हुन् ।

महतले पूर्वप्रधानमन्त्री देउवा २६ गते बेलुका ९ः४५ बजे नेपाल आउने तय भए पनि सबैलाई सहज हुने गरी दिउँसोको समय मिलाउने प्रयास भइरहेको बताए पनि बताए ।