|  

नागरिकको अधिकारका लागि राजनीति गर्न सत्ता–शक्ति चाहिँदैनः गगन थापा

२३ श्रावण, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले नागरिकको अधिकारका लागि गरिने राजनीति गर्न सत्ता–शक्ति नचाहिने बताएका छन् ।

भक्तपुरमा शनिबार आयोजित एक कार्यक्रममा उनले सत्ता र शक्तिभन्दा बाहिर बसेर पनि नागरिकको अधिकारका लागि राजनीति गर्न सकिने बताएका हुन् ।

‘सेवाभावमा गरिने राजनीति, नागरिकको अधिकारका लागि गरिने राजनीतिका निम्ति सधैँभरि सत्ता–शक्ति चाहिँदैन । कहिलेकाँही सत्ताभन्दा बाहिर बसेर गर्न सकिन्छ । वा गर्नुपर्ने हुन्छ’, उनले भने, ‘कहिलेकाँही शक्तिभन्दा बाहिर बसेर बढी गर्नुपर्ने हुन्छ । सत्ता र शक्तिसँग कहिलेकाँही अलग थलग रहेर गर्नुपर्ने हुन्छ ।’