|  

बालेनको पोस्टमा महेशको व्यङ्ग्य, ‘दुःख पायो मङ्गले, आफ्नै ढङ्गले !’

२३ श्रावण, काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले प्रधानमन्त्री बालेन्द्र शाहको सामाजिक सञ्जाल पोस्टप्रति व्यङ्ग्य गर्दै राजनीति फेसबुक स्ट्याटसले नभई काम र परिणामले चल्ने बताएका छन्।

प्रधानमन्त्री शाहले मध्यरातमा ‘केही समय लाग्छ सही समय आउनलाई’ र ‘कहिलेकाहीँ एक्लै लड्नुपर्छ’ भन्दै पोस्ट गरेपछि बस्नेतले ‘दुःख पायो मङ्गले, आफ्नै ढङ्गले!’ भन्दै टिप्पणी गरेका हुन्।

बालेनको पोस्ट पढ्दा उनलाई सत्ता त्यागका लागि व्यापक दबाब बढेको र आफ्नै निर्णय तथा कार्यशैलीलाई सही साबित गर्नुपर्ने बाध्यता देखिएको बस्नेतको भनाइ छ।