२३ श्रावण, काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा स्वदेश फर्किने मिति परिवर्तन भएको छ ।
नेताहरुको आग्रहमा देउवा २८ साउनमा स्वदेश फर्किने तय भएको स्रोतले जनाएको छ । यसअघि देउवा २६ साउन राति ९ः४५ बजे स्वदेश फर्किने जानकारी गराइएको थियो ।
कांग्रेस नेता डा. प्रकाशशरण महतका अनुसार देउवा साउन २८ गते मध्यान्ह साढे १२ बजे थाई एयरबाट काठमाडौं अवतरण हुने छन् ।
राति काठमाडौं अवतरण हुँदा स्वागत गर्न असहज हुने भएकाले समय परिवर्तन गरिएको कांग्रेस संस्थापन इतर समूहका प्रचार–प्रसार संयोजक मीन विश्वकर्माले बताएका छन् ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा घाइते भएका पूर्वसभापति देउवा १३ फागुनको राति सिंगापुर एयरलाइन्सको उडानबाट सिंगापुर गएका थिए । त्यसपछि उनी ७ चैत २०८२ मा सिंगापुरबाट थप उपचारका लागि भन्दै हङकङ पुगेका थिए ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar