२३ श्रावण, काठमाडौं आम जनता पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले देशलाई संकटबाट निकास दिन नयाँ राजनीतिक मोर्चा बनाएको दावी गरेका छन्।
शनिवार काठमाडौँमा आयोजित ‘अग्रगामी मोर्चा’ घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले देशको आर्थिक, सामाजिक र राजनीतिक अवस्था दयनीय बन्दै गएकाले अग्रगामी शक्तिहरू एकजुट हुनुपर्नेमा जोड दिएका हुन्।
अध्यक्ष साहले ऐतिहासिक जनआन्दोलन, सशस्त्र द्वन्द्व र मधेश आन्दोलनले व्यवस्था बदले पनि जनताको अवस्था परिवर्तन गर्न नसकेको टिप्पणी गरे। नवनिर्मित मोर्चाको उद्देश्य सत्ता प्राप्ति वा पदको भागबण्डा नभई देशलाई समृद्धिको दिशामा लैजानु रहेको उनले प्रष्ट पारे।
साहका अनुसार यो मोर्चा हिमाल, पहाड र मधेशको साझा प्लाटफर्मका रूपमा रहनेछ। उनले नेपालमा राजनीतिक स्थायित्व नहुने र गठबन्धनहरू छिट्टै टुट्ने प्रवृत्ति अन्त्य गर्दै यो मोर्चालाई दीर्घकालीन रूपमा अगाडि बढाउने संकल्प गरे।
साहले किसान, व्यापारी र उद्योगीहरू निराश रहेको र युवा शक्ति विदेश पलायन भइरहेको बताए। उनले सरकार र सत्ता फेरिए पनि काम गर्ने संस्कार र प्रवृत्ति नफेरिएको भन्दै वर्तमान सरकारले जनतालाई ढाँटेको आरोप लगाए।
साहले भने, ‘देश निरन्तर संकटको यात्रामा छ। २०४६ सालको आन्दोलन, जनयुद्ध र मधेश आन्दोलनका माध्यमबाट ठूलो बलिदानी त भयो तर जनताले अपेक्षा गरेको सुखद दिन अझै आएन। हाम्रो यो मोर्चा मुलुकलाई फेक शासनबाट मुक्त गरी असल शासनतर्फ लैजान, स्वाधीन नेपाल बनाउन र वास्तविक लोकतन्त्रको रक्षाका लागि निर्माण गरिएको हो।’
साहले निराश जनतामा उत्साह जगाउन र देशको अस्तित्व रक्षाका लागि सबैलाई एकजुट हुन आह्वान गरे।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar