|  

‘राजनीति डर्टी गेम हो, सत्ता पुग्न टेढा-मेढा बाटो हिँड्नुपर्छः महन्थ ठाकुर

२३ श्रावण, काठमाडाैं । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले राजनीति सहज बाटोबाट अघि बढ्ने विषय नभएको बताएका छन् । 

शनिवार आयोजित अग्रगामी मोर्चा घोषणा कार्यक्रममा उनले यस्तो बताएका हुन् । सत्ता र नेतृत्वमा पुग्नका लागी राजनीतिमा अनेक गतिविधि हुने गरेको उनले बताए । राजनीतिलाई ‘डर्टी गेम’को संज्ञा दिँदै उनले सत्ता प्राप्तिका लागि अष्टावक्रझैँ ‘टेढा-मेढा बाटो’ पार गर्नुपर्ने बताए । उनले भने, ‘राजनीतिमा जो कोही पनि सधैँ सहज र सरल बाटोबाट अगाडि बढ्न सक्दैन । राजनीति आफैँमा एउटा ‘डर्टी गेम’ हो । यसमा अष्टावक्रझैँ टेढा-मेढा बाटाहरू पार गर्दै अनेकौँ चुनौती र कठिनाइको सामना गर्दै सत्ता र नेतृत्वसम्म पुग्नुपर्ने अवस्था आउँछ ।’

उनले राजनीतिमा टिकिरहन र अगाडि बढ्न सहज बाटो मात्रै पर्याप्त नहुने धाराणा राखेका छन् । –न्युज एजेन्सी नेपाल