|  

एनपीएल २०२६ को मिति घोषणा, कात्तिक ९ देखि मंसिर ५ सम्म प्रतियोगिता हुने

२४ श्रावण, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिगको तेस्रो संस्करणको मिति घोषणा गरेको छ।

एनपीएलको घोषित मिती कात्तिक ९ देखि मंसिर ५ सम्म हुने छ।अर्थात दसैँको पूर्णीमाको भोलिपल्टबाट नेपाल प्रिमियर लिग (एनपिएल)सुरु हुने छ।

क्यानका सचिव पारस खड्काले एक विज्ञप्ती जारी गर्दै भने, ‘एनपीएल २०२६ आगामी अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म हुने व्यहोरा अवगत गराउँदछौं।’

एनपीएलका लागि अक्सन सम्पन्न भइसकेको छ भने अहिले विभिन्न टोलीहरूले विदेशी खेलाडीहरू अनुबन्ध गर्ने प्रकृयामा रहेका छन्।