|  

भारतीय र चिनियाँ राजदूतलाई छुट्टाछुट्टै भेट्दै प्रधानमन्त्री बालेन

२४ श्रावण, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपालका निम्ति भारतीय र चिनियाँ राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने भएका छन् ।

सोमबार सिंहदरबारमा प्रधानमन्त्रीसँग उनीहरूले बेग्लाबेग्लै शिष्टाचार भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बालेनले विदेशी राजदूतहरूलाई पहिलोपटक एक्लाएक्लै भेट दिन लागेका हुन् ।