|  

जेनजी आन्दोलनमा घुसपैठ र षड्यन्त्र भयो, निष्पक्ष छानबिन हुनुपर्छः शंकर पोखरेल

२४ श्रावण, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले भदौ २३ र २४ गते भएका घटनाको सत्यतथ्य बाहिर ल्याउन निष्पक्ष र उच्चस्तरीय न्यायिक छानबिन आवश्यक रहेको बताएका छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै पोखरेलले स्वार्थी समूहहरूले जेनजीको भावनामाथि खेलेर सत्य ढाकछोप गरिरहेको आरोप लगाए।

भाद्र २३ को घटनालाई नेपालको इतिहासकै अत्यन्तै दुःखद र कालो दिनका रूपमा टिप्पणी गर्दै उनले गैर–जेन्जी समूह, ‘टिओबी’ र ‘हामी नेपाल’ जस्ता समूहहरूले भिडलाई उत्तेजित बनाएको दाबी गरेका छन्।

यस्तै, केही राजनीतिक नेतृत्व, चर्चित व्यक्तित्व र भूराजनीतिक चलखेलका कारण स्थिति भड्किएको उनको तर्क छ।