|  

सुनको मूल्य फेरि तीन लाखमाथि, चाँदी पनि बढ्यो

२४ श्रावण,काठमाडौं । नेपाली बजारमा सुनको मूल्य पुनः तीन लाख रुपैयाँ प्रतितोला नाघेको छ।

नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ७ सय रुपैयाँ कायम भएको हो। यसअघि शुक्रबार सुन प्रतितोला २ लाख ९६ हजार ९ सय रुपैयाँ मा कारोबार भएको थियो। दुई कारोबार दिनबीच सुनको मूल्य ४ हजार ८ सय रुपैयाँले बढेको छ।

यता, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। आइतबार चाँदी प्रतितोला ४ हजार ६ सय ४५ रुपैयाँ पुगेको छ। शुक्रबार चाँदी प्रतितोला ४ हजार ५ सय ८० रुपैयाँ मा कारोबार भएको थियो। यसअनुसार चाँदीको मूल्य पनि प्रतितोला ६५ रुपैयाँले बढेको छ।