|  

पोखरामा आज १० हजार ग्यास वितरण हुँदै

२४ श्रावण, काठमाडौं ।  पोखरामा ग्यासको आपूर्ति सहज बनाउन आज मात्रै १० हजार सिलिन्डर बजारमा वितरण गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय कास्कीले शुक्रबारदेखि किराना पसलमार्फत समेत ग्यास बिक्री गर्ने व्यवस्था मिलाएको छ।

गृहलक्ष्मी ग्यासले ३ हजारभन्दा बढी, शक्ति ग्यासले २ हजार ५ सय तथा बाबा, जानकी र नेपाल ग्यासले १–१ हजारभन्दा बढी सिलिन्डर पोखरा पठाउने तयारी गरेका छन्।

साउनको पहिलो सातादेखि ग्यास अभाव भएपछि उपभोक्ता घण्टौँ लाइन बस्न बाध्य हुँदै आएका छन्।