२४ श्रावण, काठमाडाैं । सुनसरीकाे देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनामा संलग्न रहेको आशंकामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।
पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्रबहादुर खड्काका अनुसार पक्राउ परेकाहरूको घटनामा रहेको भूमिका पहिचान गर्न अनुसन्धान भइरहेको छ। ‘कप्तानगञ्ज घटनालाई लिएर ६ जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ,’ डीएसपी खड्काले भने, ‘उनीहरूको घटनामा कस्तो भूमिका थियो भन्नेबारे अनुसन्धान भइरहेको छ।’
प्रहरीले पक्राउ परेकाहरूको नाम भने सार्वजनिक गरेको छैन। अनुसन्धानका क्रममा थप व्यक्तिको संलग्नता खुलेमा उनीहरूलाई समेत नियन्त्रणमा लिएर कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।केही समयअघि कप्तानगञ्जमा भएको विवाद हिंसात्मक बनेपछि तीन जनाको मृत्यु भएको थियो भने करिब ४० जना घाइते भएका थिए। घटनापछि स्थानीय क्षेत्रमा तनावको अवस्था सिर्जना भएको थियो।घटनाको कारण, हिंसा भड्किनुको अवस्था तथा संलग्न व्यक्तिहरूको भूमिकाबारे प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ। प्रमाण तथा तथ्य संकलन, प्रत्यक्षदर्शीसँग सोधपुछ र पक्राउ परेकाहरूसँग बयान लिने काम भइरहेको प्रहरीले जनाएको छ। अनुसन्धानबाट दोषी ठहरिने व्यक्तिमाथि प्रचलित कानुनअनुसार कारबाही गरिने प्रहरीको भनाइ छ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar