|  

इरानी सर्वोच्च नेता मोज्तबा खामेनीको नयाँ भिडियो सार्वजनिक

२४ श्रावण, काठमाडौं ।  इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीको युद्धपछिको पहिलो भिडियो सार्वजनिक भएको छ ।

भिडियोमा उनी भुइँमा बसेर मानिसहरूसँग कुराकानी गरिरहेको देखिन्छ।सर्वोच्च नेता बनेपछि सार्वजनिक भएको यो पहिलो भिडियो भए पनि कहिले खिचिएको हो भन्नेबारे इरानी सञ्चारमाध्यमले खुलाएका छैनन्।

पछिल्ला केही दिनदेखि मोज्तबा खामेनेईको स्वास्थ्यलाई लिएर विश्वभर विभिन्न अड्कलबाजीहरू भइरहेका थिए।

कतिपय सञ्चारमाध्यमले त उनको चाँडै मृत्यु हुन सक्ने वा मृत्यु भइसकेको आशंका समेत गरेका थिए।यो नयाँ भिडियो सार्वजनिक भएसँगै उनको मृत्यु र गम्भीर स्वास्थ्य अवस्थाबारे चलिरहेका हल्लाहरूमाथि ठुलो प्रश्न उठेको छ।