|  

काठमाडौँका ५५ वटा डिपोमा प्रहरी परिचालन गरेर ग्याँस वितरण

२४ श्रावण, काठमाडौं । खाना पकाउने ग्यासको अभाव भएपछि काठमाडौंका ५५ वटा डिपोमा प्रहरी परिचालन गरी ग्यास वितरण सुरु गरिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंले शनिबारदेखि प्रहरीको निगरानीमा ग्यास वितरण थालेको हो। शनिबार मात्रै ७ हजार ७३६ सिलिन्डर ग्यास वितरण गरिएको छ।