|  

किशोरीको डिम्ब निकालेको घटनाः डा. नूतन शर्मासँग प्रहरीले लियो बयान

२४ श्रावण, काठमाडौं ।  ललितपुरको बीएण्डबी अस्पतालस्थित आईभीएफ सेन्टरमा १७ वर्षीया किशोरीको डिम्ब निकालेको घटनामा प्रहरीले डा.नूतन शर्मासँग बयान लिएको छ।

असार १४ गते भएको घटनामा डा.शर्माको संलग्नता देखिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको हो। शुक्रबार बयान लिएपछि उनलाई हाजिर जमानीमा रिहा गरिएको प्रहरीले जनाएको छ।

किशोरीको अण्डा निकाल्ने चिकित्सक र बिचौलियाबारे अनुसन्धान गर्न माग गर्दै साउन १ मा पीडित परिवारले जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी दिएका थिए ।