|  

राजधानीमा विविध कार्यक्रमसहित ३२ औं विश्व आदिवासी दिवस मनाइयो (तस्बिरहरु)

२४ श्रावण, काठमाडाैं । ३२ औं विश्व आदिवासी दिवसका अवसरमा आईतवार राजधानीमा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।

आदिवासी जनजाति आयोगको अगुवाइमा काठमाडौंको खुलामञ्चमा विशेष समारोह आयोजना गरी यो दिवस मनाइएको हो । दिवसका अवसरमा आयोजित कार्यक्रममा विभिन्न आदिवासी जनजाति समुदायले आ–आफ्नो मौलिक परम्परा, संस्कृति र पहिचान झल्किने झाँकीहरू प्रश्तुत गरेका छन् । सहभागीहरूले आफ्नो जातीय पहिचान अनुसारका मौलिक भेषभुषा र सांस्कृतिक प्रदर्शन गर्दै दिवस मनाएका हुन् । आदिवासी जनजातिहरूको हक, अधिकार र पहिचानलाई स्थापित गर्ने उद्देश्यका साथ हरेक वर्ष यो दिवस मनाउने गरिन्छ । खुलामञ्चमा आयोजित उक्त समारोहमा विभिन्न समुदायको उल्लेख्य सहभागिता रहेको छ । –न्युज एजेन्सी नेपाल