२४ श्रावण, काठमाडाैं । नेपालको पहिलो ‘कमेडी एक्ट’ मा आधारित रियालिटी शो ‘सुपर कमेडी लिग’ को औपचारिक घोषणा गरिएको छ ।
ओपन डोर्स इन्टरटेनमेन्ट प्रा.लि.को निर्माणमा तयार हुन लागेको यस कार्यक्रमको बिहीवार ललितपुरमा आयोजित एक पत्रकार सम्मेलनमार्फत घोषणा गरिएको हो । हास्यव्यङ्ग्यमा आधारित यस प्रतिष्ठित रियालिटी शोमा महानायक राजेश हमाल प्रमुख निर्णायक तथा ‘लिग प्रेसिडेन्ट’ को भुमिकामा देखिनुहुनेछ । कार्यक्रममा नेपाली चलचित्र तथा हास्य क्षेत्रका स्थापित कलाकारहरू विल्सन विक्रम राई, लुनिभा तुलाधर, रविन्द्र झा र सुरक्षा पन्तले क्याप्टेन तथा मेन्टरको जिम्मेवारी सम्हाल्नुहुनेछ ।
कार्यक्रमका लागि देशका प्रमुख पाँच शहरहरूमा अडिसन आयोजना गरिने निर्माण पक्षले जनाएको छ । तालिकाअनुसार साउन २९ गते दमक (कदम थिएटर), साउन ३१ गते नारायणगढ (राइनो वाटर होटल), भदौ २ गते नेपालगञ्ज (सिद्धार्थ होटल), भदौ ४ गते पोखरा (पोखरा थिएटर) र भदौ ६ गते काठमाडौंमा अडिसन सञ्चालन हुनेछ । भौतिक रूपमा अडिसन स्थलसम्म पुग्न असमर्थ तथा विदेशमा रहेका नेपाली भाषी प्रतिभाहरूका लागि डिजिटल अडिसनको समेत व्यवस्था गरिएको छ । अडिसनबाट छनोट भएका उत्कृष्ट ३२ प्रतिष्पर्धीलाई चार समूहमा विभाजन गरिनेछ भने प्रत्येक समूहको नेतृत्व एक-एक जना क्याप्टेनले गर्नेछन् । ‘सुपर कमेडी लिग’ मुख्यतः समूहमा आधारित प्रतिष्पर्धा हुनेछ । यसमा एउटा स्क्रिप्टमा कम्तीमा दुई जना वा सोभन्दा बढी प्रतिष्पर्धीले संयुक्त रूपमा प्रस्तुति दिनुपर्नेछ । स्केच, स्किट तथा ड्रामेडी (ड्रामा र कमेडी) शैलीमा आधारित यस कार्यक्रमको मुख्य उद्देश्य परम्परागत कमेडियन मात्र नभई उत्कृष्ट ‘कमेडी एक्टर’ को खोजी गर्नु रहेको निर्देशक एलिन श्रेष्ठले बताउनु भयो । नेपाल आइडल, सारेगमपा लिटिल च्याम्प्स, बुगी वुगी र मेरो भ्वाइस युनिभर्सजस्ता ठूला रियालिटी शोहरूको निर्देशन गरिसक्नुभएका अनुभवी निर्देशक श्रेष्ठले यस शोलाई नेपाली टेलिभिजनकै ‘प्रिमियम कमेडी रियालिटी शो’ का रूपमा स्थापित गर्ने लक्ष्य राख्नुभएको छ ।यो कार्यक्रम नेपालको राष्ट्रिय टेलिभिजनका साथै ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत प्रशारण हुनेछ ।
त्यस्तै, कार्यक्रमका पर्दापछाडिका गतिविधिहरू सारङ्गी मिडियामार्फत हेर्न सकिनेछ । सबै उमेर समूहका दर्शकलाई लक्षित गरिएको यो विशुद्ध पारिवारिक मनोरञ्जनात्मक कार्यक्रम भदौको अन्तिम सातादेखि नियमित प्रशारण हुनेछ । अनुभवी प्राविधिक टोली, प्रख्यात मेन्टर र नयाँ प्रतिभाहरूको समन्वयले नेपाली दर्शकलाई फरक स्वादको हास्य मनोरञ्जन प्रदान गर्ने विश्वास निर्माण पक्षले लिएको छ । –न्युज एजेन्सी नेपाल
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar