२४ श्रावण, काठमाडाैं । महानायक राजेश हमालले कलाकारिताका विभिन्न विधाहरूमध्ये हास्य विधा (कमेडी) सबैभन्दा चुनौतीपूर्ण रहेको बताउनुभएको छ ।
ललितपुरमा आईतवार आयोजित नेपालको पहिलो ‘कमेडी एक्ट’ मा आधारित रियालिटी शो ‘सुपर कमेडी लिग’ को औपचारिक घोषणा कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । कार्यक्रममा सम्बोधन गर्दै हमालले मानिसलाई हँसाउनु अत्यन्तै कठिन कार्य भएको उल्लेख गर्नुभयो । हास्य विधामा क्रियाशील कलाकारहरूप्रति आफ्नो उच्च सम्मान रहेको बताउँदै उहाँले यस विधालाई जटिल कलाको रूपमा अथ्र्याउनु भयो । सो क्रममा उहाँले कार्यक्रममा उपस्थित कलाकार रविन्द्र झाको प्रसंग उल्लेख गर्दै हास्य कलाकारहरूको प्रश्तुत गर्ने शैली र शिल्पको प्रशंसा समेत गर्नुभयो । आफू स्वयं हास्य विधासँग सम्बन्धित यस रियालिटी शोको हिस्सा हुन पाएकोमा हमालले खुशी व्यक्त गर्नुभयो । ‘सुपर कमेडी लिग’ को घोषणासँगै नेपाली मनोरञ्जन क्षेत्रमा यसले नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ । हमालले भन्नुभयो, ‘भावनामा आएर कसैलाई रुवाउन वा माया–प्रितीका कुराहरू प्रश्तुत गर्न सहज भए पनि प्रश्तुतिमार्फत कसैलाई हँसाउनु निकै चुनौतीपूर्ण हुन्छ । यो व्यक्तिको ’सेन्स अफ ह्युमर’ सँग प्रत्यक्ष जोडिने विषय हो ।’
अभिनेता रविन्द्र झाले ‘सुपर कमेडी लिग’ लाई आफ्नो लागि एउटा महत्वपूर्ण सिकाईको केन्द्र भएको बताउनु भयो । उहाँले यस कार्यक्रममा आफूले पाएको जिम्मेवारी भन्दा पनि यहाँबाट प्राप्त हुने अनुभव र ज्ञानलाई बढी प्राथमिकता दिने बताउनु भयो । अभिनेता झाले कार्यक्रममा महानायक राजेश हमालको उपस्थितिलाई मुख्य आकर्षणको रूपमा उल्लेख गर्नुभयो । यस लिगमार्फत नयाँ तथा पुराना कलाकारहरूको संगम हुने र सबैबाट केही न केही नयाँ कुरा सिक्न पाइने आशा झाले व्यक्त गर्नुभयो । यद्यपि, शोको प्राविधिक र अन्य पक्षबारे विस्तृत टिप्पणी गर्न भने केही समय कुर्नुपर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘यो शो मेरा लागि एउटा स्कुल हो, जहाँ म शिक्षकको भूमिकामा छु भने राजेश दाइ (राजेश हमाल) प्रधानाध्यापक हुनुहुन्छ । उहाँसँग सहकार्य गर्न पाउनु र उहाँबाट धेरै कुरा सिक्न सकिने अवसर हुनु मेरा लागि खुशीको कुरा हो । जबसम्म केही एपिसोडहरू प्रसारण हुँदैनन्, तबसम्म यसका बारेमा धेरै बोल्नु भन्दा पनि कामबाटै देखाउनु राम्रो हुन्छ ।’
नेपालमा कमेडी विधामा नयाँ प्रयोगका रूपमा हेरिएको यस रियालिटी शोले कलाकारहरूका लागि रचनात्मक प्लेटफर्म प्रदान गर्ने अपेक्षा गरिएको छ । अभिनेतृ सुरक्षा पन्तले टिम क्याप्टेनको रूपमा आफ्नो उपस्थिति रहने जानकारी दिनुभयो । अभिनेत्री पन्तले यस शोको अवधारणाले आफूलाई निकै आकर्षित गरेको बताउनु भयो । पारिवारिक र सौहार्दपूर्ण वातावरणमा हेर्न मिल्ने हास्य–व्यङ्ग्यात्मक कार्यक्रमले नेपाली समाजमा छुट्टै पहिचान बनाउने विश्वास उहाँले व्यक्त गर्नुभयो । पन्तकाअनुसार यो शो ओझेलमा परेका प्रतिभाहरूका लागि उत्कृष्ट मञ्च सावित हुनेछ । आफ्नो नयाँ भुमिकाका बारेमा चर्चा गर्दै अभिनेत्री पन्तले क्याप्टेनको जिम्मेवारीलाई एक व्यक्तिगत चुनौतीको रूपमा लिएको उल्लेख गर्नुभयो । कुनैपनि टोलीलाई एउटा निश्चित दृष्टिकोण (भिजन) मा डोहो¥याउँदै उत्कृष्ट प्रदर्शन गराउनु आफ्नो लागि नेतृत्व कौशल सिक्ने एउटा अवसर भएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘हाम्रो समाजमा धेरै प्रतिभाशाली व्यक्तिहरू हुनुहुन्छ, जसले उचित प्लेटफर्मको अभावमा आफ्नो कला लुकाएर बस्नुभएको छ । त्यस्ता लुकेका प्रतिभाहरूलाई एउटा वृहत् मञ्च प्रदान गर्नु नै यो लिगको सबैभन्दा ठूलो सफलता हुनेछ । मेरो अनुहार केही गम्भीर देखिने भएकाले होला, मलाई कमेडी जनरामा खासै अफरहरू आउँदैनन् । तर म आफैँ यो विधालाई मन पराउँछु र यो कार्यक्रममार्फत म आफ्नो व्यक्तिगत वृद्धिसँगै नयाँ अनुभव बटुल्न उत्साहित छु ।’
सामान्यतया पर्दामा गम्भीर चरित्रहरूमा देखिने सुरक्षाले आफू व्यक्तिगत रूपमा कमेडी विधाको ठूलो प्रशंसक रहेको बताउनु भयो । नेपालमा पहिलोपटक शुरु हुन लागेको यो ‘कमेडी एक्ट’ रियालिटी शोले नेपाली हास्य क्षेत्रमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ । –न्युज एजेन्सी नेपाल
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar