२४ श्रावण, काठमाडाैं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले आदिवासी जनजाति लगायत सीमान्तकृत समुदायको समानुपातिक प्रतिनिधित्व र राज्यका स्रोत–साधनमा समान पहुँच सुनिश्चित गर्नुपर्ने बताउनुभएको छ ।
३२ औँ विश्व आदिवासी दिवसका अवसरमा आयोजित कार्यक्रममा उहाँले समावेशिता नारामा मात्र सीमित नराखी राज्यका नीति, योजना, स्रोत र साधनमा समान पहुँचका रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएको हो । उहाँले शिक्षा, स्वास्थ्य, रोजगारी तथा निर्णय प्रक्रियाका हरेक तहमा आदिवासी जनजाति लगायत उत्पीडित, उपेक्षित र सीमान्तकृत समुदायको समानुपातिक प्रतिनिधित्व अझ सुदृढ गर्नुपर्ने बताउनु भयो । नेपालको संविधानले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतालाई आत्मसात गरेको उहाँको भनाई छ । उहाँले विविधताबीचको एकता, सामाजिक सद्भाव र सहिष्णुता कायम गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनु भयो ।
नेपालका परिवर्तनकारी आन्दोलनमा आदिवासी जनजाति समुदायको महत्वपूर्ण योगदान र बलिदान रहेको उल्लेख गर्दै उहाँले समावेशी लोकतन्त्र, गणतन्त्र र संघीयताको स्थापनासमेत आदिवासी जनजातिको अधिकार प्राप्तिको संघर्षसँग जोडिएको बताउनु भयो । संविधानले आदिवासी जनजाति लगायत उपेक्षित, उत्पीडित र सीमान्तकृत समुदायका अधिकार सुनिश्चित गरेकाले त्यसको व्यवहारिक कार्यान्वयन अहिलेको आवश्यकता भएको उहाँको भनाई छ । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई थप सुदृढ गर्दै अघि बढ्न सकेमा मुलुकले विभिन्न क्षेत्रमा सकारात्मक प्रगति गर्न सक्ने उहाँले बताउनु भयो । उहाँले भन्नुभयो, ‘संविधानले आदिवासी जनजाति लगायत सम्पूर्ण उपेक्षित, उत्पीडित र सीमान्तकृत समुदायका अधिकारलाई सुनिश्चित गरेकोले यसको व्यवहारिक कार्यान्वयन आजको आवश्यकता हो । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई थप सुदृढ गर्दै अघि बढ्न सके मुलुकले हरेक क्षेत्रमा सकारात्मक फड्को मार्नसक्छ । यसतर्फ सबैको ध्यान केन्द्रित हुन जरुरी छ । समावेशिता केवल नारामा सीमित नभई राज्यका नीति, योजना, स्रोत र साधनमा समान पहुँचको रूपमा देखिनुपर्दछ । शिक्षा, स्वास्थ्य, रोजगारी तथा निर्णय प्रक्रियाका हरेक तहमा आदिवासी जनजाति लगायत सम्पूर्ण उत्पीडित, उपेक्षित एवं सीमान्तकृत समुदायको समानुपातिक प्रतिनिधित्वलाई अझ सुदृढ गर्दै लैजानुपर्दछ । आदिवासी समुदायसँग प्रकृतिसँग मिलेर बाँच्ने अनमोल परम्परागत ज्ञान, सीप र संस्कृति छ । जलवायु परिवर्तन र वातावरणीय सन्तुलनका लागि यो ज्ञान आज विश्वकै लागि अनुकरणीय बनेको छ । नयाँ पुस्ताले आफ्नो भाषा, संस्कृति र मौलिकतालाई जोगाउँदै शिक्षा, विज्ञान र प्रविधिको प्रयोगमार्फत अगाडि बढ्नुपर्दछ । सबै जातजाति, वर्ग र समुदायको साझा प्रयासबाट मात्र नेपाल सुन्दर, शान्त र उन्नत बन्नसक्छ ।’
आदिवासी जनजातिसँग प्रकृतिसँग मिलेर बाँच्ने परम्परागत ज्ञान, सीप र संस्कृति रहेको उल्लेख गर्दै उहाँले जलवायु परिवर्तन र वातावरणीय सन्तुलनका लागि यस्तो ज्ञान विश्वकै लागि अनुकरणीय रहेको बताउनु भयो । उहाँले नयाँ पुस्तालाई आफ्नै भाषा, संस्कृति र मौलिकताको संरक्षणप्रति जिम्मेवार बनाउन अग्रसरता लिनुपर्नेमा पनि जोड दिनुभयो । शिक्षा, विज्ञान र प्रविधिको प्रयोगमार्फत नयाँ पुस्ताले मौलिकता संरक्षण गर्दै अघि बढ्नुपर्ने उहाँको भनाई छ । -न्युज एजेन्सी ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar