|  

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

२५ श्रावण, काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । दिउँसो एक बजे बस्ने बैठकमा दुई मन्त्रीहरुले मौखिक प्रश्नका उत्तर दिने सम्भावित कार्यसूची छ ।

परराष्ट्र मन्त्रालय र युवा, श्रम तथा रोजगार मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरुको सम्बन्धित मन्त्रीहरुले उत्तर दिने सम्भावित कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।

यसैगरी व्यवस्थापन कार्यतर्फ अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष दशौं संशोधन विधेयक २०८३’ प्रस्तुत गर्ने लगायतका कार्यसूची रहेका छन् ।