|  

साउनको अन्तिम सोमबारः झरीकाबीच पशुपतिनाथमा भक्तजनको घुइँचो 

२५ श्रावण, काठमाडौं । साउन महिनाको अन्तिम चौथो सोमबार काठमाडौँको पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँच लागेको छ ।

बिहान वर्षा भइरहे तापनि वर्षाकै बीच श्रद्धालुहरू पूजा आराधना तथा दर्शनका लागि पशुपतिनाथ मन्दिर क्षेत्र पुगेका छन्।

यस अवसरमा पशुपतिनाथमा आउने श्रद्धालुहरूका लागि सहज, सुरक्षित र व्यवस्थित दर्शनका साथै विशेष पूजाको प्रबन्ध मिलाइएको छ ।

बिहानैदेखि सुन्दरीजलबाट वाग्मतीको पवित्र जल बोकेर ल्याई पशुपतिनाथमा चढाउने बोलबम यात्रुहरूको पनि छुट्टै लाम लागेको छ।