|  

बालुवाटारमा रवि–बालेनबीच ४५ मिनेट भेट, के-के भयो कुराकानी ? 

२५ श्रावण, काठमाडौं । प्रधानमन्त्री बालेन शाह र सत्तारुढ रास्वपा सभापति रवि लामिछानेबीच बालुवाटारमा ४५ मिनेट भेटवार्ता भएको छ ।

प्रधानमन्त्री बालेनलाई भेट्न सभापति लामिछाने आइतबार साँझ बालुवाटार गएका थिए।सरकार र पार्टीबीच बढ्दो तिक्तताबीच भएको भेटमा सरकार सञ्चालनमा पार्टीको भूमिका, लामिछानेको आसन्न भारत भ्रमण तथा प्रधानमन्त्री शाहको सम्भावित भारत भ्रमणबारे छलफल भएको बताइएको छ ।

त्यस्तै उनीहरूबीच राजदूत छनोट, केही उच्च तहको नियुक्तिको विषयमा पनि छलफल भएको छ । त्यस्तै उनीहरूले मन्त्रीहरूको कार्यप्रगतिबारे पनि छलफल गरेको उच्च स्रोतले खबरहबलाई जानकारी दिएको छ ।