|  

प्रधानमन्त्रीले आज चीन र भारतका राजदूतसँग भेट्ने

२५ श्रावण, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आज नेपालका लागि भारतीय र चिनियाँ राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने भएका छन्।

उनले भारतीय राजदूत नवीन श्रीवास्तव र चिनियाँ राजदूत झाङ माओमिङसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने भएका हुन् । भेटमा नेपाल–भारत र नेपाल–चीन द्विपक्षीय सम्बन्धका विषयमा छलफल हुनेछ।