|  

विशाल आँधीका कारण चीनमा दश लाख बढी मानिस सुरक्षित स्थानमा सारियो

२५ श्रावण, काठमाडौं । ‘टाइफून डल्फिन’नामक शक्तिशाली आँधीका कारण साङ्घाईसहित पूर्वी चीनका विभिन्न क्षेत्रबाट १० लाखभन्दा बढी मानिसहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

आइतबार साँझ आँधी प्रवेश गरेसँगै ठूलो जनधनको क्षति हुन नदिन सरकारले यो कदम चालेको स्रोतले जनाएको छ । आइतबार साँझ ५ः३० बजे झिच्याङ प्रान्तको युहुआन सहरमा पहिलो पटक ठोक्किएर प्रतिघण्टा १५० किलोमिटरको अधिकतम हावाको गतिसहित यो आँधी अगाडि बढेको थियो ।

त्यसको करिब एक घण्टापछि यसले वेन्झाउ सहरमा दोस्रो पटक ल्यान्डफल गरेको थियो।यो आँधीका कारण यस क्षेत्रको यातायात सेवा पूर्ण रूपमा ठप्प भएको छ।

अकेले साङ्घाई सहरमा मात्रै १,४०० वटा उडानहरू रद्द गरिएको अधिकारीहरूले जनाएका छन्।