|  

परमाणु सम्झौता बिनै इरान युद्ध अन्त्य गर्ने ट्रम्पको तयारी

२५ श्रावण, काठमाडौं ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानसँग औपचारिक परमाणु सम्झौता नगरी युद्ध अन्त्य गर्ने विकल्पमा विचार गरिरहेका छन् ।

वाल स्ट्रीट जर्नलका अनुसार, इरानले ऊर्जा आपूर्तिको प्रमुख मार्ग हर्मुज स्ट्रेट पूर्ण रूपमा खुला गरे अमेरिका युद्धबाट पछि हट्न तयार देखिएको छ।

युद्धका कारण अमेरिकामा पेट्रोलको मूल्य बढ्नु र मध्यावधि निर्वाचन नजिकिँदै जाँदा ट्रम्प प्रशासनमाथि दबाब बढेको छ।

इरानले भने युद्धको स्थायी अन्त्य, अमेरिकी सेना फिर्ता, प्रतिबन्ध हटाउने र क्षतिपूर्तिसहितका माग अघि सारेको छ।