|  

करार र ज्यालादारी कर्मचारीद्वारा सीटीईभीटीको केन्द्रीय कार्यालय घेराउ

२५ श्रावण, काठमाडौं ।  प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गत देशभरका ६७ आङ्गिक शिक्षालयमा कार्यरत करार तथा ज्यालादारी कर्मचारीले केन्द्रीय कार्यालय, सानोठिमी घेराउ गरेका छन् ।

विभिन्न चरणका आन्दोलन गर्दै आए पनि व्यवस्थापनले माग सम्बोधन नगरेपछि पूर्वघोषित कार्यक्रमअनुसार करिब २,२०० कर्मचारी आजदेखि केन्द्रीय कार्यालय घेराउमा उत्रिएका हुन्।

कर्मचारीहरूले समान कामका लागि समान ज्याला हुनुपर्ने लगायतका माग राख्दै आन्दोलन जारी राखेका छन् ।