|  

भारतीय राजदूतले प्रधानमन्त्री बालेनलाई दिए मोदीको सन्देश

२५ श्रावण, काठमाडौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री बालेन शाहसँग भेटवार्ता गरेका छन् ।

सोमबार बिहान भएको भेटमा राजदूत श्रीवास्तवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट प्रधानमन्त्री शाहलाई शुभकामना सन्देश सुनाएका छन्।

भेटमा नेपाल–भारतबीचको बहुआयामिक तथा बलियो साझेदारीलाई थप प्रगाढ र सुदृढ बनाउने विषयमा फलदायी छलफल भएको राजदूत श्रीवास्तवले सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिएका छन्।