|  

प्रतिनिधिसभा सुरु हुनेवित्तिकै विपक्षी दलहरूको उठेर विरोध

२५ श्रावण, काठमाडौं । प्रतिनिधिसभाको सोमबारको बैठक सुरु हुनासाथ विपक्षी दलका सांसदहरूले उठेर विरोध गरेका छन् ।

सभामुख डोलप्रसाद अर्यालले बैठक सुरु गर्नेबित्तिकै नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरू आ–आफ्नो स्थानबाट उठेर विरोध गरेका हुन्।

गत जेठ १७ गते प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभा बैठकमा भारतले नेपालको भूमि मिचेको भन्ने अभिव्यक्ति दिएपछि विपक्षी दलहरूले निरन्तर विरोध गर्दै आएका छन्।