२५ श्रावण, काठमाडाैं । नेपाली काँग्रेसकी सांसद रेनुका काउचाले प्रधानमन्त्री बालेन्द्र साहलाई विधि, लोकतान्त्रिक मूल्यमान्यता, संविधान र संसदीय मर्यादालाई कमजोर पार्ने कार्य नगर्न आग्रह गर्नुभएको छ ।
प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । उहाँले मुलुकको हितमा सरकारले चाल्ने हरेक कदममा प्रतिपक्षको साथ रहने तर लोकतान्त्रिक व्यवस्था र संसदको सर्वोच्चतालाई कमजोर बनाउने काममा प्रतिपक्ष मौन बस्न नसक्ने बताउनु भयो । सांसद काउचाले प्रधानमन्त्री सत्तापक्षको मात्रै नभई सबै नेपालीको प्रधानमन्त्री भएको उल्लेख गर्दै संसद्मा दैनिक उठिरहेको सीमासम्बन्धी विवादास्पद अभिव्यक्तिको विषयले प्रधानमन्त्रीको राजनीतिक साखमा असर पारेकोतर्फ समेत ध्यानाकर्षण गराउनु भयो । उहाँले प्रधानमन्त्री साहको फेसबुक स्टाटसलाई लक्षित गर्दै प्रधानमन्त्री एक्लै नरहेको भन्दै कालो चस्मा खोल्न समेत आग्रह गर्नुभयो । उहाँले संसद्को अभिलेखमा रहेको सीमासम्बन्धी विवादास्पद अभिव्यक्ति सच्याउन किन कठिनाइ भइरहेको ? भन्दै प्रधानमन्त्रीलाई प्रश्न समेत गर्नुभयो । उहाँले भन्नुभयो, ‘म यो सदनबाट प्रधानमन्त्रीज्यूलाई स्पष्टसँग भन्न चाहन्छु, कालो चस्मा खोल्नुस् तपाईं एक्लो हुनुहुन्न । मुलुकको हितमा तपाईंले चाल्ने हरेक कदममा प्रतिपक्ष तपाईंको साथमा छ । तर विधि, प्रक्रिया, लोकतान्त्रिक मूल्यमान्यता, संविधान, संसदीय मर्यादा र अभ्यास तथा संसदको सर्वोच्चतालाई कमजोर बनाउने काममा भने प्रतिपक्ष मौन बस्न सक्दैन । प्रधानमन्त्रीज्यू तपाईं मान्नुस् या नमान्नुस् तपाईं सत्तापक्षको मात्रै प्रधानमन्त्री होइन । तपाईं हामी सबै नेपालीको प्रधानमन्त्री हो । त्यसैले प्रश्न गर्न चाहन्छु, दैनिक सदनमा उठिरहेको सीमासम्बन्धी विवादस्पद अभिव्यक्तिको प्रश्नले तपाईंको राजनीतिक साखमा असर परेको अझै महशुस गर्नुभएको छैन ? संसदको रेकर्डमा रहको अभिव्यक्तिलाई सच्याउन पनि कि यति कठिनाई भइरहेको छ ? प्रतिपक्ष प्रधानमन्त्रीको अपमान गर्दैन, हामी तपाईंको ओझ घटाउन होइन अझै बढाउन खोजिरहेका छौँ । प्रधानमन्त्रीज्यूको पछिल्लो कार्यशैलीले मुलुकको सन्दर्भमा अन्तर्राष्ट्रि प्रतिष्ठामाथि प्रश्न उठ्नु दुःखद् हो ।’
सांसद काउचाले प्रतिपक्षले सरकारको घेराबन्दी गर्न नभई जवाफदेही बनाउन खोजिरहेकोबारे पनि स्पष्ट पार्नुभयो । –न्युज एजेन्सी नेपाल
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar